भद्रपुर – भारतीय सौन्दर्य प्रतियोगितामा नेपालकी चेलीले उपाधि जितेकी छिन्। भारतीय सौन्दर्य प्रतियोगिता ‘मिस टीन भारत’ को उपाधि जित्नेमा झापा मेचीनगर नगरपालिका–५ नकलबन्दाकी १७ वर्षीया निकिता थापामगर रहेकी छिन् । उनले असार २० गते भारतको दिल्लीमा भएको ‘मिस टीन भारत’ मा उनले उपाधी जितेकी हुन् ।

उक्त प्रतियोगितामा भारतका ३० प्रान्तबाट सहभागी भएका सबैलाई पछी पार्दै मगरले ‘मिस टीन भारत’ को उपाधि जितेकी हुन् । भर्खरै कक्षा १२ को परीक्षा दिएकी निकिता भारतीय सौन्दर्य प्रतियोगितामा उपाधि जितेर नेपालको नाम राख्न सफल भएकी छिन् । भारतीय सौन्दर्य प्रतियोगिता जितेकी निकिताले एक लाख भारु नगद पुरस्कार पाएकी छिन् ।