काठमाडौँ । ब्ल्याक, राम कहानी, लगायतका चर्चित फिल्ममा अभिनय गरिसकेको ह्याण्डसम नायक आकाश श्रेष्ठ पछिल्लो समय म्यूजिक भिडियोमा पनि उति नै ब्यस्त छन् । विशाल गौतम शब्द, संगीत र स्वर रहेको गीतको भिडियोमा आकाशले सुन्दरी मोडल श्रृष्टी श्रेष्ठसँग रोमान्स गरेका छन् ।

सुगठित शरीरमा निकै ह्याण्डसम देखिएका आकाशले आफ्नो पहिलो प्रेम पाउन मरिहत्य गरेको दृश्यलाई निर्देशक प्रकाश धितालले भिडियोमा गज्जबसँग आकाश र सृष्टीको रोमानसलाई देखाएका छन् । नरेन्द्र बियोगीको एरेन्ज रहेको गीतमा सन्तोष राजवहाकको कोरियोग्राफी रहेको गीतमा उत्सव दाहालको छायांकन रहेको छ । जसमा विकाश दाहालको छायांकन रहेको छ । भिडियो सार्वजनिक भएसँगै राम्रो प्रतिक्रिया आइरहेको निर्माण यूनिटले जनाएको छ ।