काठमाडौं । इंग्ल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि कब्जा गर्ने भारतको सपना टुटेको छ । सेमिफाइनलमा न्यूजिल्याण्डसँग १८ रनले पराजित भएको भारतको उपाधि कब्जा गर्ने सपना टुटेको हो । खेल सकिएपछि भारतीय कप्तान विराट कोहली र न्युजिल्याण्डका कप्तान केन विलियम्सनसँग समग्र खेलसँगै भारतका पूर्व कप्तान तथा विकेट किपर मेहन्द्र सिंह धोनीबारे पत्रकारहरुले केही प्रश्न गरेका थिए ।

भारतको पराजयपछि धोनीको आलोचना भइरहेका बेला न्युजिल्याण्डका कप्तान केन विलियम्सन र पत्रकारले धोनीको विषय निकै शब्द खर्चिएका छन् ।

खेलपछिको पत्रकार सम्मेलनमा एक पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै विलियम्सनले भने, धोनीको अनुभव महत्वपूर्ण बेला निकै काम लाग्छ । उनको योगदान आज या भोलि जहिले पनि रहने छ । जडेजासँग उनको साझेदारी उत्कृष्ट रह्यो । धोनी विश्वस्तरीय खेलाडी हुन् । के उनी राष्ट्रियता परिवर्तन गर्ने बारे सोचिरहेका छन् ? यदि त्यसो हो भने हामी उनलाई टिममा राख्न विचार गर्छौँ ।’