काठमाडौँ – आज एक्कासी सुनको मुल्य बढेको छ । हिजो प्रतितोला ६४ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज २ सय रुपैयाले बढेर प्रतितोला ६४ हजार ७ सय रुपैयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ६४ हजार ४ सय रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदीको मुल्य पाँचरुपैयाले बढेर तोलामा प्रतितोला ७ सय २५ रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।