काडमाडौँ – विद्यार्थी भिसामा अमेरिका गएका एक युवा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा खोटाङका आयुश दाहाल रहेका हुन् । उनी अमेरिकाको मेरिल्याण्ड राज्यबाट हराएका हुन् । उनी विगत १५ दिनदेखि हराएका हुन् । मेरिल्याण्डको ग्वेन ओक्समा बस्दै आएका आयुशलाई फोनमा सम्पर्क गर्दा अपरिचित व्यक्तिले उठाएको बताइएको छ ।

उक्त फोन एक व्यक्तिबाट अपरिचित व्यक्तिले चोरेको बताइएको छ । अहिले बेपत्ता आयुशको खोजीकार्य भैरहेको छ । आयुशका परिवारले अमेरिकामा रहेका नेपाली संघसंस्थाका प्रमुखसमक्ष छोराको खोजी गरिदिन अनुरोध गरेको बताइएको छ ।