काठमाडौँ । कमेडी कथामा निर्माण भएको फिल्म ‘न यता न उता’को ट्रेलर सार्बजनिक भएको छ । मिराज रोश र बिशारद बस्नेतको निर्देशनमा बनेको यस फिल्मको ट्रेलरमा कमेडीलाई प्राथमिकता दिइएको छ । यस फिल्म साउन १७ गतेबाट प्रदर्शनमा आउँने जनाइएको छ ।

फिल्ममा ऋचा शर्मा, छुल्ठिम गुरुङ, मिराज रोश, समिर दिक्षित, वुद्दि तामाङ, रविन्द्र झा, राजाराम पौडेल, कमलमणि नेपाल, नम्रता सापकोटा, सिल्सा जिरेल, लुनिभा तुलाधर, राजन खतिवडा, जयनन्द लामा लगायतका कलाकारको भुमिका रहेको छ । यस फिल्ममा अमित अर्याल, विजय अवाले, विनिता अधिकारी, डाक्टर निराजन शर्मा लगायतको लगानी रहेको छ ।