इण्डोनेशिया सबैभन्दा धेरै इस्लाम धर्मावलम्बी बस्ने देश हो । धेरै इस्लाम धर्मावलम्बी भएको यो देशामा हिन्दू र बौद्ध संस्कृति पनि छ । इस्लाम धर्मावलम्बी धेरै भएको मुलुकमा इण्डोनेशियाको एक यस्तो ठाउँ पनि छ जहाँ हिन्दू धर्मावलम्बीको बसोबास धेरै नै छ । हिन्दू धर्मावलम्बी धेरै भएको इण्डोनेशियाको बाली टापुमा एक अनौठो ठाउँ पनि छ । जहाँ भगवान् शिव र गौतम बुद्धको मुर्ति छ ।

यो मुर्ति बाली टापुको तटपारी समुद्रमुनि रहेको छ । समुद्र सतहबाट ९० फिट मुनि रहेको यो मन्दिरमा निकै आश्चर्यजनक छ । त्यहा शिव र गौतम बुद्धको मुर्ति मात्र नभई भगवान विष्णुको पनि मुर्ति पनि छ । यस ठाउँमा धर्मावलम्वीहरु धेरै सँख्यामा आउने गर्छन् । समुद्रमुनि भएको उक्त मन्दिर ५ हजार वर्ष अघि जमिनमा निर्माण गरिएको र समुद्रको सतह बडेपछी डुबेको हुनसक्ने बताइएको छ । हेर्नुहोस् समुद्रमुनि देखिने यो अचम्मका मुर्तिहरु