काठमाडौं– बुधबार भएको खेलमा भारतलाई हराउँदै न्यूजिल्याण्ड आईसीसी विश्वकपको फाइनलमा प्रवेश गरेको छ । निकै रोमान्चक बनेको सेमिफाइनल खेलमा न्यूजिल्याण्डले भारतलाई १८ रनले पराजित गरेको हो । जितसँगैन्यूजिल्याण्ड फाइनलमा प्रबेश गरेको छ । खेलमा न्यूजिल्याण्डले दिएको २ सय ४० रनको लक्ष्य पछ्याएको भारत २ सय २१ रन मात्र बनाउन सक्यो ।

मंगलबार भएको खेल वर्षाले प्रभावित भएपछि बुधबार खेलाइएको थियो । उक्त खेलमा भारतका लागि रविन्द्र जडेजाले ७७ रन र महेन्द्रसिंह धोनी ५० रन बनाए भने रिसभ पन्त र हार्दीक पाण्ड्याले समान ३२ रन बनाए । उक्त खेलमा केएल राहुल, रोहित शर्मा र विराट कोहलीले भने एक एक रन बनाए ।

भारतविरुद्ध न्यूजिल्याण्डका माट हेनरीले ३ विकेट लिए भने मिचेल सेन्टनेर र ट्रेन्ट बोल्टले दुर्ए दुई बिकेट लिए । न्यूजिल्याण्डका लागि रोस टेलरले सर्वाधिक ७४ रनको योगदान दिए भने केन विलियम्सनले ६७ रन बनाए । उपाधिका लागि न्यूजिल्याण्डले अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।