हामी सबैलाई थाहा भएकै कुरा हो मुटु छातीभित्र धड्किने गर्छ । छातीभित्र धड्किन मुटुलाई हामिले महसुस गर्ने गर्छौ । मुटु छातीभित्र धड्किन्छ भन्ने थाहा भएका हामिहरुलाई यदि मुटु छाती भित्र नभई बाहिर नै धड्किन्छ भन्दा अचम्म पक्कै लाग्छ । यस्तै रुसकी एक बालिकाको मुटु छाती भित्र नभई बाहिर नै धड्किन्छ । तपाईलाई यो कुरा बिश्वास नलाग्न सक्छ तर यो सत्य हो ।

‘विरसाव्या’ नाम गरेकी यी बालिकाको मुटु छातीको बाहिर छ । छातीको बाहिर मुटु भएपनी यी बालिका अन्य बालबालिका जस्तै खेल्न र काम गर्न सक्छिन् । डाक्टरको अनुसार उनी एक विचित्र रोगको शिकार भएकी छिन् । उनी एब्डोमिनल सिंड्रोमको शिकार भएको बताइएको छ । डाक्टरका अनुसार यस्तो अनौठो रोग १० लाख बच्चामध्ये एकजनालाई हुन्छ । बच्चा धेरै दिन बाच्न सक्दिनन् भन्ने थाहा हुदा पनि उनका आमाबुवाले हिम्मत हारेका छैनन् । भिडियो हेर्नुहोस