काठमाडौं । आज नेपाली बजारमा अमेरिकी डलरसहित अन्य देशको मूल्य घटेको छ। आज नेपाल राष्ट्रबैँकले तोकेको बिनिमयदर अनुसार अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ३७ पैसा तोकिएको छ भने बिक्रीदर १०९ रुपैयाँ ९७ पैसा तोकिएको छ। त्यसैगरी आज मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्रिदर २६ रुपैयाँ ५५ पैसा रहेको छ।

त्यस्तै आज कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २० पैसा रहेको छ। आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३६ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर १३६ रुपैयाँ ९५ पैसा रहेको छ। त्यस्तै आज बहराईन दिनार एकको खरिददर २९० रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रिदर २९१ रुपैयाँ ७० पैसा रहेको छ।

त्यसैगरी साउदी रियाल एकको खरिददर २९ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ३२ पैसा रहेको छ। त्यस्तै कुवेती दिनार एकको खरिददर ३५९ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रिदर ३६१ रुपैयाँ १६ पैसा छ। आज युएई दिराम भने एकको खरिददर २९ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ ९४ पैसा तोकिएको छ।