हामिले धेरै थरिका तरकारी देखेका छौ । बजारमा नौला नौला तरकारी बेच्न राखिएकोले नै हामिले धेरै तरकारी चिनेका छौ । तरकारी सिजन अनुसार सस्तो र महंगो हुन्छ । कुनै यस्ता तरकारी पनि छन् जुनको मुल्य सुन्दा हामि अचम्म पर्छौ । यस्तै बिश्वकै सबै भन्दा मंहगो तरकारी पनि भेटिएको छ । होप सूट्स नाम गरेको तरकारी जुन निकै महंगो छ ।

यो तरकारीको प्रति केजी मुल्य १ हजार युरो अर्थात् १ लाख ३० हजार नेपाली रुपैयाँ पर्छ । जङ्गलमा वसन्त ऋतुमा लगाइने यो तरकारी निकै स्वादिलो हुने गर्छ । यसको अचार बनाएर पनि खाने गरिन्छ । बाह्रै महिना उमार्न सकिने यो अनौठो तरकारीको बेलायतमा बढि माग हुने गर्छ । बैजनी रङ्गको हुने उयो तरकारी बढ्दै गएपछि हरियो रङ्गको हुन्छ । यो तरकारी युरोपियन देशहरूमा खेती पनि गरिन्छ ।