काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । हिजो प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मुल्य आज घटेर प्रतितोला ६४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी आज तेजावी सुन प्रतितोला ६४ हजार रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको मुल्य भने परिबर्तन भएको छैन । आज चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।