काठमाडौं । स्टार स्ट्राइकर नेयमार र उनको क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी)बीच तनाव सृजना भएको छ । पिएजजी छाड्ने तयारीमा नेयमार रहेको चर्चा चलिरहेका बेला उनी र क्लबबीच तनाव उत्पन्न भएको हो । प्रि–सिजन प्रशिक्षणका लागि उपस्थित नभएका नेयमारलाई क्लबले कडा चेतावनी दिएको छ । सोमबार क्लबको प्रशिक्षण मैदानमा उपस्थित हुनु पर्ने नेयमार नगएपछि आवश्यक कदम चाल्ने पिएसजीले चेतावनी दिएको हो ।

विज्ञप्ति जारी गर्दै पिएसजीलभनेको छ, ‘नेयमार पूर्व सहमति अनुसारको समय र स्थानमा उपस्थित भएनन् । क्लबको अनुमति बिना यस्तो भएको हो । क्लब यस्तो अवस्थाप्रति खेद प्रकट गर्दछ ।’ दुई वर्षअघि बार्सिलोनाबाट विश्व कीर्तिमानी मूल्यमा नेयमार पिएसजी आएका थिए । फेरि उनी बार्सिलोना नै जान चाहेको चर्चा हुँदै आएको छ ।