काठमाडौं । नेपाल एसीसी यू–१९ इस्टर्न रिजन च्याम्पियन बनेको छ । मंगलबार भएको फाइनल खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो ।हङकङले प्रस्तुत गरेको ९६ रनको लक्ष्य नेपालले १७ औं ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि ओपनर रित गौतम र पवन सर्राफले पहिलो विकेटका लागि ६.३ ओभरमा ५२ रनको साझेदारी गरेका थिए । रितलाई १३ रन बनाएको अवस्थामा मोहमद हसन खानको बलमा बोल्ड भए ।

अर्का ओपनर पवन सर्राफले ३६ बलको सामना गर्दै ३९ रन जोडे । खडक बोहरा आठ रन जोड्दै क्याच आउट भए । कप्तान रोहितकुमार पौडेलले १२ रन जोड्दा भीम सार्की आठ रनमा नटआउट रहे । हङकङका लागि रौनक कपुरले २ तथा मोहमद हसन र मोहमद हसन खान १–१ विकेट हात पारे । याे जितसँगै नेपालले यू–१९ एसियाकपमा आफ्नो स्थान सुरक्षित गरेको छ ।