काठमाडौँ । कलाकार दयाहाङ राई र लक्ष्मी बर्देवाको जीवन्त अभिनय रहेको म्युजिक भिडियो ‘ परानै दिन्छु ‘ले आधा करोड बढी दर्शक पाउन सफल भएको छ । गीत रिलिज भएको छोटो समयमा नै यो गीतले ५१ लाख दर्शक पाउन सफल भएको छ ।गीत रिलिज भए लगत्तैबाट लामो समयसम्म ट्रेण्डिगंमा बस्न सफल परानै दिन्छुले म्युजिक भिडियोमा डान्सिङ प्याट्रन चलिरहेको समयमा पनि भिन्न छवि छाड्न सक्यो । जसले चर्चित कलाकारहरुको अभिनयले मात्रै गीत संगति चल्दैन, भित्री गुदी पनि चाहिन्छ भन्ने कुरालाई प्रमाणित गर्न सक्यो ।

प्रलाद शाह शब्द रहेको गीतमा संगीत हरि लम्सालको रहेको छ। गीतमा स्वर चर्चित गायिका मेलिना राई र हरि लम्सालको रहेको छ। गीतको एरेन्ज्मेन्ट रिकेश गुरुङले गरेका हुन। अर्गानिक टेस्टको ५ मिनेटको फिल्म हेरै जस्तै लाग्ने भिडियोमा दयाहाङ र लक्ष्मी बर्देवाको गज्जब अभिनय नै देख्न सकिन्छ । गीतको भिडियोलाई बुद्ध थापाले खिचेका हुन भने बिकाश धमालाले सम्पादन गरेका हुन। निकेश खड्काको कन्सेप्ट र निर्देशनमा भिडियो तयार भएको हो।