मानिसले आफुले कमाएको पैसा दराज, बैँकमा राख्ने गर्छ । पैसा बोकेर हिड्न परेमा पर्समा पनि पैसा राखिन्छ । पर्समा पैसा मात्र नभई आफुलाई आवश्यक पर्ने कागजात, एटीएम कार्ड, फोटाहरु पनि राख्ने गरिन्छ । कुनै यस्ता चिज पनि हुन्छन् जुन चिज पर्समा राख्दा हामिलाई असर पुगेको हुन्छ । पर्समा राख्न नहुने चिजबारे धेरैलाई थाहा हुदैन । बास्तु शास्त्रका अनुसार पर्समा पैसा बाहेक राखिने यस्ता चिजले नकारात्मक असर पार्छ ।

पर्समा कुनै चिज लामो समयसम्म काममा आएन भने फालिहाल्नु पर्छ । पर्समा फाटेको नोट, फोटो र कागजको टुक्रा राख्नु राम्रो मानिदैन । यी चिज राख्नाले अशुभ पनि हुने गर्छ । यी चिजहरु राख्नाले कंगाल पनि बनाउन सक्छ । तर पर्समा लक्ष्मी भगवानको तस्बिर भने अवस्य राख्नुहोला । यदि पर्समा लक्ष्मी भगवानको तस्बिर राख्नु भयो भने तपाईको पर्स कहिल्यै खाली हुदैन ।