काठमाडौँ । पछिल्लो समय हाँस्य शृखला गोलमालेको चर्चा आकाशिएको छ । भाईब्स कृयसनको ब्यानरमा निर्माण हुँदै आएको गोलमा प्रत्येक शुक्रबार साँझ ७ : ०० बजे नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको छ । जसमा शिवराज आचार्य, पवन खतिवडा, सरोज घिमिरे, अनुमती नेपाली, सन्ध्या बुढा, लगायतका दर्जन बढी कलाकारहरुको अभिनय रहेको छ ।

बिगत एक वर्षबाट निरन्तर प्रशारण हुँदै आईरहेको हाँस्य श्रृखँला हाल नेपाल टेलिभिजनमा निकै लोकप्रिय बन्दै गैरहेका बेला नेत्र राउतले थप परिस्कृत र कमेडी बनाउन सफल भएका छन् । शृखलामा माकुरी, खुइली र अनुमती लगायतका नयाँ पात्रको प्रवेशसँगै यसले चर्चा कमाउन सफल भएको हो । पछिल्लो समय निरन्तर ट्रेण्डिगंमा पर्दै आएको शृखलाको भाग ६६ मा देखिएको यो रमाइलो दृश्य हेर्नुहोस्