वार्षिक रुपमा स्पेनमा हुने साँढे जुधाइमा तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा दुई अमेरिकी नागरिक र एक स्पेन नागरिक रहेका छन् । हरेका बर्ष स्पेनको शहर पामप्लोनामा हुने साँढे जुधाइ अर्थात सान फर्मिनु मा धेरै मानिसहरु घाइते भएका छन् । स्पेनको साँघुरो सडकमा आयोजना हुने उक्त साँढे जुधाइको क्रममा घाइतेकोे टाउकोमा चोट लागेको छ । चोट लागेकालाई अस्पताल पठाइएको छ ।

४८ जना घाइतेलाई रेडक्रसले उपचार गरिरहेको छ । गएको जुलाई ६ देखि सुरु भएको उक्त साँढे जुधाइ अर्थात सान फर्मिन आउँदो आइतबारसम्म आयोजना हुनेछ । यो पर्ब सन् १९१० देखि सुरु भएको जनाइएको छ । अहिलेसम्म यो पर्बमा १६ जनाले ज्यान गुमाइसकेको जनाइएको छ । यो पर्बमा विश्वभरिबाट हजारौँका संख्यामा मानिसहरु उपस्थित हुने गरेका छन् ।