बिभिन्न काममा बाधा परेको छ भने मंगलबारको दिन केहि यस्ता काम गर्नुहोस् जसले तपाईको काम बन्छ । लगातार बिरामी भईरहेर तनाबमा हुनुहुन्छ, काममा रोकावट आइरहेको छ अथवा मनमा नकारात्मक सोच भने भरिएको छ भने तपाइलाई कसैले तन्त्र मन्त्र गरेको हुन् सक्छ।

तन्त्र मन्त्रबाट छुटकारा पाउन मंगलबारको दिन नरिवललाई हनुमानजीको मन्दिरमा गई हनुमानजीको मुर्ति छेउमा राखेर प्राथना गर्नुहोस र नरिवललाई आफ्नो टाउको माथि २१ पटक ठोक्नुहोस् त्यसपछी नरिवललाई अन्य मन्दिरमा लगेर पुरै जलाई दिनुहोस। यसो गर्नाले तन्त्र मन्त्रबाट छुटकारा पाउन सकिन्छ । त्यस्तै मंगलबारको दि भगवान् गणेशको पुजा गरेमा पनि राम्रो हुन्छ । गणेश भगवानको मन्दिरमा गएर पुजा आरधना गरे पनि गर्न लागेको काम बन्छ ।