काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएईका प्रधानमन्त्रीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । आबुधाबीस्थित राष्ट्रपति भवनमा आइतबार नवनियुक्त राजदूत ढकालले त्यहाँ प्रधानमन्त्री मोहम्मद विन रसिद अल म्याकटुमलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । सोही क्रममा राजदूत ढकालले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको शुभकामना सन्देश सुनाएका थिए।

युएईका प्रधानमन्त्री म्याकटुमले नवनियुक्त राजदूत ढकालको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । यस अघि भारतका लागि राजदूत भइसकेका ढकाल गएको माघ २९ गते युएईका लागि राजदूतमा नियुक्त भएका थिए।