काठमाडौँ – राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले राष्ट्रपति हुनको लागी नेताको श्रीमती नै हुनुपर्ने भन्दै प्रश्न गरेका छन् । हामिसँग गरिएको एक अन्तरबार्तामा उनले मन्त्री हुने पुर्बाधार के नेताकै छोरी बुहारी नै हो त , के यहि लोकतन्त्र हो ? भन्ने प्रश्न आफुले जनताको लागी उठाएको बताएका छन् । नेपालमा मन्त्री प्रधानमन्त्री जो पनि हुने बताउदै उनले नेताको श्रीमती भएर अख्तियारको सदस्य हुनु र नेताको बुहारी भएर मन्त्री हनुमा ती पदको कुनै गरिमा नहुने बताएका छन् ।

प्रधानमन्त्री केपि ओली र प्रचण्डले आफ्नो स्वार्थको लागी डाइनाजिमलाई दुरुपयोग गरेको बताउदै उनीहरुले आफ्नो ब्यक्तित्वलाइ र क्रान्तिको सौर्यलाई दुरुपयोग गरेर निजिकरण गरेको र त्यो अधिकार उनीहरुलाई नभएको बताए । उनले अन्तरबार्तामा लोकतन्त्रको सुन्दरता भनेको बेग्लाबेग्लै बिचार र बेग्लाबेग्लै मान्छेले अवसर पाउने प्रणाली भएको बताए ।

अन्तरबार्तामा उनले एकमुठ्ठी मानिसहरुले यो देशको शासन सत्ता दुरुपयोग गरे, सिहदरबारलाई छोरी बुहारीलाई मस्ती गर्ने अखडा बनाए भन्न पनि हामिले नपाउने भन्दै कड्कीएका छन् । उनले नेपाली काँग्रेसमाथि जोडिएका भ्रष्टचार सम्बन्धी ४, ५ वटा प्रकरण नेपाली काग्रेसकै पालामा भएको बताउदै उनले वाइडबडी, टुढिखेल, बालुवाटार र ३३ केजी सुनको प्रकरण पनि शेरबहादुरकै मताहतमा भएको बताएका छन् । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी संगको यो कुराकानीको पुरा भिडीयो हेर्नुहोस्