कुवेत – कुवेतमा एक नेपालीको निधन भएको छ । निधन हुनेमा ११ वर्षदेखि कुवेतमा काम गर्दे आएका बाग्लुङ ग्लकोटका ताराबहादुर बिक रहेका छन् । उनको जुलाई ५ तारिखमा निधन भएको हो ।

उच्च रक्तचापको समस्यामा परेका ताराबहादुर एक महिना अघिदेखि कुवेतको फरवानिया अस्पतालमा उपचारमा रहेका थिए । उनको उपचारको क्रममा अस्पतालमा नै निधन भएको हो । ताराबहादुरको घरमा वृद्ध बाबुआमा, श्रीमती र दुई छोरा रहेको बताइएको छ ।