दक्षिणी क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । भूकम्प ६।४ म्याग्निच्युडको रहेको जनाइएको छ । यो भूकम्प दुई दशकयताकै शक्तिशाली रहेको जनाइएको छ । अमेरिकाको स्वतन्त्रता दिवसको दिन आएको उक्त भुकम्पले मानिसहरूमा त्रास कायम राखेको छ ।

भुकम्पले रिजक्रेस्ट नगरमा उल्लेखनीय क्षति भएको जनाइएको छ । नगर क्षेत्रको अग्नि नियन्त्रक विभागका अनुसार त्यहाँ दुई दर्जन आगलागी भएको र घाइते भएकाहरूको उपचारमा अग्निनियन्त्रक खटिएको जनाइएको छ ।