कागती खानु स्वास्थ्यको लागि निकै लाभदायी हुन्छ । स्वास्थ्यका अलमा बिशेष खालको स्वादका कारण कागती विभिन्न प्रकारको भोजनमा प्रयोग गरिन्छ । कागतीले तौल नियन्त्रण गर्नुका साथै क्यान्सर लाग्न नदिनेसम्मको काम गर्छ ।

खासगरी भियतनाम, मेक्सिको, थाइल्याण्डमा यो फल लोकप्रिय रहेको छ । मानिलाई चाहिने करिब ३२ प्रतिशत भिटामिन कागतीबाटै प्राप्त गर्न सकिन्छ । कागतीमा उच्च मात्रामा पानी हुनुका साथै क्याल्सियम, फोस्फोरस, आइरन, , सोडियम, कपर, म्याग्नेसियम र पोटासियम जस्ता खनिज र फोलेट, भिटामिन ए, भिटामिन इ र भिटामिन केजस्ता भिटामिनहरु प्रसस्तमात्रा पाइन्छ । यसमा चिल्लोपदार्थ निकै मात्रामा पाइन्छ जसका कारण मोटोपन घटाउन चाहनेहरुको लागि लाभकारी हुन्छ साथै कागतीमा क्यालोरी, कार्बाेहाइडे«ट पनि पाईन्छ । साथै कागतीको बोक्रा फाइबर, एन्टीअक्सिडेन्ट जस्ता तत्वले भरपूर हुन्छ । एउटा कागतीमा करिब २० क्यालोरी हुन्छ ।

स्वास्थ्यमा कागतीका फाईदाहरु यस प्रकारका रहेका छन् :
स्ट्रोक हुन दिँदैंन
क्यान्सर लाग्न दिँदैंन
तौल नियन्त्रण गर्छ
रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ
किड्नी स्टोनबाट बचाउँछ
श्वासप्रश्वासको समस्या निको पार्छ
छाला स्वास्थ्य तथा सुन्दर बनाउँछ
कब्जियत नियन्त्रण गर्छ
पेप्टिक अल्सर निको पार्छ
आँखाको समस्या निको पार्छ
मधुमेह नियन्त्रण गर्छ
ज्वरो घटाउँछ
युरिक एसिडको उपचार गर्छ
झाडापखाला रोक्छ
पायल्सको उपचार गर्छ
बाथको उपचारमा सहयोगी
कपालको सौन्दर्यमा उपयोगी
पिसाब नियमित गर्छ