नेपाल कमन्युष्ट पार्टि (नेकपा) कि सांसद शान्ता चौधरीले एसइइमा ‘बि ग्रेड’ ल्याएर पास गरेकी छिन । पास गरे संगै शान्ता लाइ बधाई दिनेको ओईरो लागेको थियो जसका कारण शान्ता बिरामी पनि परेको कुरा क्यानाडा नेपालको अन्तर्वार्तामा सुनाईन । एसइइ पास पछि शान्ता चौधरीले क्यानाडा नेपाल संग कुराकानी गर्दै आफुले सोचेको ग्रेड ल्याउन नसक्दा सुरुमा निराश नै भएको तर पछि छोराले फोन गरेर सम्झाए पछि मात्र चित्त बुझाएको कुरा उल्लेख गरिन । आफुलाई बि प्लस ग्रेड ल्याउने आशा थियो जुन पुरा नहुदा सुरुमा निराश भएको बताईन ।

क्यानाडा नेपालका लागि पुजा श्रेष्ठ संग कुराकानी गर्दै शान्ता चौधरीले सुनाईन: “मलाई परिक्षा सुरु हुन अघि एकदमै डर लाग्थ्यो तर परिक्षा दिएपछि त राम्रै ग्रेड ल्याउछु लागेको थियो । तर पछि रिजल्टमा ग्रेड कम आउदा दुख लाग्यो र निराश भए । रिजल्ट पछि आत्तिएको बेला छोराले फोन गरेर मलाई सम्झाए पछि मात्र चित्त बुझाएको हु । म अहिले खुशी छु र अब आउने दिनमा के पढ्ने भन्ने कुरामा ध्यान दिदै सल्लाहहरु लिदै छु । मेरो पढाइले मलाइ राजनीतिक यात्रामा सहयोग गरोस भन्ने तरिकाले पढ्ने योजना बनाउदै छु ।”

शान्ता चौधरी लाइ नायिका करिश्मा मानन्धरले जितिन भनेर अर्को समाचार नि बन्यो त्यहि बारेमा शान्त चौधरीले जवाफ दिईन: “मेरो करिश्मा जी संग कुनै कम्पिटिसन छैन र हुदैन पनि र वहाले म भन्दा बढि ग्रेड ल्याउनु स्वाभाविक पनि हो । मैले करिश्मा जी लाई फोन गरेर नै बधाई दिएको छु । वहाले पहिला पनि पढेर छोड्नु भएको हो त्यसैले वहा लाइ सहज भएको हो राम्रो ग्रेड ल्याउन । तर मेरो कुनै कम्पिटिसन छैन करिश्मा जी संग ।”