मस्कट । ओमनमा एक नेपालीको सुतिरहेकै अवस्थामा मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठानका ३२ वर्षीय रुम बहादुर घर्ती मगर रहेका छन् । उनको बिहीवार राति सुतिरहेकै अवस्थामा मृत्यु भएको हो । करिब १४ महिना अगाडि सरसफाइ मजदुरका रुपमा ओमन गएका उनको सुतिरहेको अवस्थामा रातको ४ बजे मृत्यु भएको हो ।

उनी मस्कटस्थित ओमन टावस कम्पनीको क्याम्पमा सुतिरहेको अवस्थामा मृत्यु भएको हो । उनको हृदयघातका कारण मृत्यु भएको आशंका गरिएको छ।उनको परिवारमा २ छोराछोरी र बुवा रहेका छन् ।