काठमाडौँ – कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । जेठ २५ र २६ गते भएको दशौं कोरियन भाषा परीक्षाको नतिजा बिहीबार राति सार्वजनिक भएको हो। परीक्षामा १२ हजार ९ जना पास भएका छन् । आगामी बर्षको लागी कोरियाले १० हजार ५० जना नेपाली कामदार मागेको छ । भने परीक्षामा ९२ हजार ३ सय ५६ युवा युवती सहभागी भएका थिए ।

इपीएस कोरिया शाखाका अनुसार अहिले उत्रिण भएका परिक्षार्थीहरुबाट ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने तयारी रहेको जनाइएको छ । कोरियन भाषा परीक्षामा कृषि क्षेत्रमा २ हजार ८ सय ७६ र उत्पादनमूलक क्षेत्रमा ९ हजार १ सय ३३ परीक्षार्थी उत्तीर्ण भएका छन् । हेर्नुहोस् नतिजा