काठमाडौँ । कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । जेठ २५ र २६ गते भएको दशौं कोरियन भाषा परीक्षाको नतिजा बिहीबार राति सार्वजनिक भएको हो। आगामी बर्षको लागी कोरियाले १० हजार ५० जना नेपाली कामदार मागेको छ । भने परिक्षामा ९२ हजारभन्दा बढी युवा युवती सहभागी भएका थिए । इपीएस कोरिया शाखाका अनुसार अहिले उत्रिण भएका परिक्षार्थीहरुबाट ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने तयारी रहेको जनाइएको छ ।

कोरियन भाषा परीक्षाको नतिजा हेर्नको लागी (EPS TOPIK) को वेबसाईड https://eps.hrdkorea.or.kr मा क्लिक गरेर रिजल्ट हेर्नुहोस्। परिक्षाको नतिजा हेर्न यो लिंकमा जानुहोस् – http://eps.hrdkorea.or.kr/epstopik/pass/candidate/sucessCandidateList.do?lang=en