काठमाडौँ – अष्ट्रेलियाका एक ब्यक्तिले सर्वाधिक धेरैपटक रक्तदान गरेर गिनिज बुकमा नाम दर्ता गरेका छन् । सबैभन्दा धेरै रक्तदान गरेर गिनिस वर्ल्ड रेकर्ड बनाउनेमा अष्ट्रेलियाका रक्तदाता जेम्स हेरिसन रहेका छन् । उनले अत्याधिक पटक रक्तदान गरेर र गिनिस वर्ल्ड रेकर्ड बनाएका हुन् ।

उनले दाँया हातबाट १ हजार १ सय ६३ पटक ब्लड डोनेशन गरेका छन् भने बाँया हातबाट १० पटक रक्तदान गरेका छन् । १८ वर्षको उमेरदेखि रक्तदान गर्दै आएका म्यान विथ द गोल्डेन आर्म’को उपनामले चिनिएका हेरिसनले करोडौँको ज्यान बचाएका छन् । ११ मे २०१८ मा अन्तिम रक्तदान गरेका उनले अहिले भने ८१ वर्षको उमेरमा रक्तदान गर्न रोकेका छन् ।