‘न बिर्से तिमीलाई न पाए तिमीलाई’ गितले रातारात हिट बनाएकी गायिका अन्जु पन्तले यस गित पछि कुनै दिन पनि फुर्सदमा कटाउनु परेन । प्राय हरेक दिन एक दुई वटा गित रेकर्डिङ्गमा व्यस्त हुन्छिन अन्जु भने देश विदेशमा हुने कार्यक्रममा उनको माग हरेक वर्ष बढ्दो नै छ । वर्षौ नि विदेशमा कार्यक्रममा व्यस्त हुने अन्जु पन्तले केही दिन अघि आफ्नो ४२ औ जन्मदिन मनाएकी छिन । जन्मदिन मनाउदै गर्दा पनि अन्जुले एउटा गित रेकर्डीङ्ग गराएकी छिन जसले देखाउछ उनको व्यस्तता र बजारमा उनको स्वरको माग ।

अन्जु पन्तले जन्मदिनमा मिडिया संग कुराकानी गर्दै आफ्नो दुख पिडाको कथाहरु पनि पोखेकी छिन र आफ्नो जीवन कथाको बारेमा एउटा फिल्म बनाउने योजना पनि बनाएकी छिन । आफुले भोगेको कथाहरु लाई राम्रो संग चित्रण गर्न सके राम्रो फिल्म बन्ने र दर्शक लाई पनि एउटा शिक्षा लिन मिल्ने कुरा अन्जुले सुनाएकी छिन । अन्जु पन्तका अनुसार जीवन भनेको एउटा संघर्ष हो र हरेक मोड र पाइलामा फरक फरक खुड्किला आउने र सहनु पर्ने हुन्छ । आफुले पनि जीवन बाट धेरै कुरा सिकेको र जीवनको भोगाई बाट आफ्नो मिल्ने साथि भने आशु रहेछ भन्ने निस्कर्ष सुनाईन ।

अन्जु पन्तको स्वर नेपाली फिल्मका प्राय हिट गीतहरु मा सुन्न सकिन्छ । अन्जु कि एक मात्र छोरी पनि गायिका र नायिका हुने भन्ने चर्चा पनि सुन्न थालिएको छ । यस बारे पनि अन्जु भन्छिन: “छोरीको चाहना जे छ म रोक्दिन । मैले यो गर त्यो नगर भनेको छैन । यदि गित गाउदा उनलाई फाईदा हुन्छ भने मैले सपोर्ट गर्ने छु ।”

तस्बिर: मिलन ढुङ्गाना