काठमाडौं । गायिका एवं सांसद कोमल वली अस्पताल भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या आएपछि उनलाई बिहीबार मेडिसिटी अस्पताल भर्ना गरिएको सांसद वलीको निजी सचिवालयले जनाएको छ ।

वलीको परिवारका अनुसार स्वास्थ्यमा समस्या भएपछि अस्पताल लगिएको र चेकजाँचपछि चिकित्सकको निगरानीमा राखिएको थियो । चिकित्सकले आराम गर्न सुझाव दिएका छन् । उनी केही समय उपचारपछि घर फर्किएको पारिवारिक स्रोतले जनाएको छ ।

वली राष्ट्रिय प्रजातन्त्र पार्टी हुँदै नेपाल कम्युनिस्ट पार्टी प्रवेश गरेकी हुन् । उनी राष्ट्रिय सभा सदस्य हुन् ।