काठमाडौं । गए राति विश्व कप क्रिकेट अन्तर्गत भएको खेलमा पाकिस्तानले सानदार जित निकालेको छ । इंग्ल्याण्डमा जारी उक्त विश्व कप क्रिकेटमा पाकिस्तानले न्युजिल्यान्डलाई ६ विकेटले हराएको छ । गए राति सम्पन्न उक्त खेलमा न्यूजिल्याण्डले दिएको २३८ रनको लक्ष्य पाकिस्तानले ४ विकेट गुमाएर पुरा गर्यो । पाकिस्तानको जितमा बाबर आजमले पहिलो शतक बनाउदै १०१ रनको योगदान गरे ।

उनले १ सय २७ बलमा ११ चौका सहित १ सय १ रन बनाएका हुन् । त्यस्तै ह्यारिस सोहेलले ६८ रन बनाए । उक्त खेलमा न्युजिल्यान्डका लागी कप्तान केन विलियमसन,टेन्ट्र बोल्ट र ल्योकी फग्र्युसनले समान १ विकेट लिएका थिए । जित हासिल गरेसँगै पाकिस्तानको ७ खेलबाट ७ अंक भएको छ ।