काठमाडौं । नेपाल सरकारले आज र भोलि देशभरका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल तथा जुकाको औषधी खुवाउने भएको छ । ६ महिना पुरा भएको र ५ बर्षभन्दा मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउन लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ६ देखि २३ महिनाका बालबालिकाहरुलाई सुक्ष्म पोषकतत्व बालभिटा पनि दिइने छ । भने १ देखि ५ बर्षसम्मका बालबालिकाहरुका लागि थप जुकाको औषधी पनि खुवाईनेछ । साथै बालबालिकाको पोषणस्थिति थाहा पाउन पाखुराको नापसमेत लिइने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन जनशक्ति परिचालन छ । साथै मन्त्रालयले नजिकैको भिटामिन ‘ए’ क्याप्सुल वितरण केन्द्रमा लगेर आफ्ना बालबालिकाहरुलाई भिटामिन क्याप्सुल तथा जुकाको औषधी खुवाउन आग्रह गरेको छ ।