काठमाडौंको बौद्धनजिक बाँसले बनेको एउटा अस्पताल छ । एक सय रुपैंयामा उपचार गरिने उक्त अस्पतालको शौचालयमा चार दिनअघि एक जना महिलाले आत्महत्या गरिन् । उनी दुइ महिनाअघि मात्रै उक्त अस्पतालमा सामान्य कर्मचारीका रुपमा भर्ना भएकी थिइन् ।अहिले ती कर्मचारीका आफन्तले त्यसका सञ्चालक उत्तम सञ्जेल र उनकी श्रीमतीका नाममा हत्या आरोप लगाएको छ र दुबैलाई प्रहरी हिरासतमा लिइएको छ ।

सबैलाई थाहा भएको कुरा हो, उत्तम सञ्जेलले बिगत २० वर्षदेखि सय रुपैंयामा हजारौ ंविद्यार्थीलाई शिक्षा दिइरहेका छन् । उनका विद्यालय देशका ७७ जिल्लामा मात्र होइन, श्रीलंका, म्यानमार, थाइल्याण्ड जस्ता देशमा समेत विस्तार भएका छन् । यस्ता व्यक्तिले आफ्नो कर्मचारीलाई समयमा तलब दिन नसक्नु बाध्यता हुनसक्छ तर हत्या जस्तो जघन्य अपराध गर्न सक्दैनन् भन्ने सबैलाई थाहा छ । पोस्टमार्टम रिपोर्टले पनि ती महिलाले आत्महत्या गरेको बताइसकेको छ ।

यस्तो अवस्थामा सञ्चारमाध्यम र युटुब च्यानलहरुमा जसरी उत्तमका नाममा गलत समाचारहरु आइरहेका छन्, त्यसबाट के स्पष्ट हुन्छ भने उनको एक सय रुपैंया अभियानबाट धेरे बोर्डिङ् स्कुल र धेरै अस्पतालका सञ्चालकहरुको टाउको दुखाइको विषय भएको छ भन्ने कुरा सत्य रहेछ । उनी निर्दोष छन् भन्ने जान्दा जान्दा पनि उनलाई बदनाम गर्न जसरी हत्कडी लगाइयो र त्यसलाई तीब्रगतिमा प्रचार गरियो, त्यसबाट उनको सामािजक अभियान रोक्ने प्रयास भएको स्पष्ट बुझ्न सकिन्छ ।कुनै व्यक्तिले आत्महत्या गर्नु निश्चय नै दुःखदायी कुरा हो तर त्यही निहुँमा कसैको सामाजिक अभियानलाई नै रोक्ने प्रयास गर्नु चाहीँ देश पूर्णरुपमा सुदखोर, नाफाखोर र दलालीतर्फ गएको स्पष्ट संकेत हो ।

आज प्र्रहरी निगरानीमा रहेका उत्तम सञ्जेल र गर्भवती अवस्थामा प्रहरी परिसरमा भेटिएकी उनकी श्रीमतीलाई भेटेपछि मन साह«ै गह«ौं भयो । यो देशमा राम्रो गर्छु भन्नेहरुले यस्तै हण्डर ठक्कर खाएको मैले बर्षैदेखि देख्दै आएको छु । उत्तमलाई पनि म बिगत १८ वर्षदेखि म नजिकबाट चिन्दछु र उनको अभियानबाट परिचित छु ।हरेक व्यक्तिमा झैँ सञ्जेलमा पनि केही व्यक्तिगत कमजोरी हुन सक्छन् तर यत्रो वर्षमा उनको समाज परिवर्तन गर्ने सोचमा कुनै पनि परिवर्तन नदेख्दा उनको सोचलाई हृदयदेखि नै नमन गर्दै आएको छु । यो दुःखद घडीमा सारा संसार उनको विरुद्ध उभियोस्, म उनको साथमा छु ।

प्रिय उत्तम, ठूलो काममा हात हाल्दा केही गलत तत्वले पोल्न सक्छ तर आफू ठिक भए एक दिन त्यस्ता तत्व परास्त हुन्छन् । यसअघि पनि भक्तपुरमा विद्यार्थीलाई सय रुपैंयामा पढाए बापत विद्यालयका सञ्चालकहरुको उजुरीमा ७ दिन जेल बस्नु परेको र त्यसकाे गुनासाे गर्न जाँदा शिक्षा मन्त्रीले कठालो समातेर मन्त्रालय बाहिर पठाएको घटना मलाई याद छ । त्यस्तै केही गुण्डाहरुले तीन वर्षअघि यस्तै समाजिक काम गरेबापत नाकको डाँडी भाँचेर धेरैदिन अस्पताल बस्नुपरेको कुरा पनि सम्झिरहेको छु । यति हुँदा हुँदै पनि तिम्रो अभियान रोकिएन र हजारौं विद्यार्थीले देशभरि सय रुपैंयामा पढ्न पाइरहेको देखिरहेको छु ।

यो अत्महत्याले पनि तिमीलाई केही दिन तनाब देला तर अभियानलाई कुनै बाधा दिनेछैन । कानुनले गलत नठ¥याएसम्म यो समाजका दलाल, शिक्षा र स्वास्थका व्यापारीले जति दुःख दिन खोज पनि हामी साथमा रहनेछौं ।भगवानले सञ्जेल दम्पतीलाई दुःख सहन सक्ने क्षमता प्रदान गरुन् ।सदा शुभचिन्तक – अश्विनी तथा उनका हजारौं शुभचिन्तक – ढकाल फडिन्द्रको फेसबुकबाट