काठमाडौं । छातीमा संक्रमण भएर अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अस्पतालले मंगलबार प्रतिबन्ध लगाएको छ ।

शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीलाई भेटघाट गर्ने तथा स्वास्थ्य लाभको कामना दिन चाहनुहुने सुभचिन्तकहरुहरुको आकांक्षालाई आत्मासात गरेतापनि प्रधानमन्त्रीको स्वास्थ्य लाभ पहिलो प्राथमिकता अस्पतालको रहेको जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीको डाक्टर अरुण सायमीको नेतृत्वमा शिक्षण अस्पतालमा उपचार भैरहेको छ । सोमबार बिहान स्वासप्रश्वासमा समस्या आएपछि बिहान करिब साढे चारबजे प्रधानमन्त्री केपी ओलीलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको हो । उपचारमा संलग्न चिकित्सकका अनुसार सुगरको मात्रा बढेपनि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएका छन् ।