एजेन्सी – बलिउड स्टार सलमान खान र नायिका आलिया भट्टले एउटै फिल्ममा काम गर्ने भएका छन् । भारतिय मिडियाका अनुसार संजय लिला भन्सालीको निर्माणमा तयार हुन लागेको फिल्म ‘इन्शा अल्लाह’ मा यी दुईले पहिलो पटक एकसाथ अभिनय गर्ने भएका हुन् । यस फिल्ममा अभिनेता सलमान खान र अभिनेत्री आलिया भट्ट एकअर्काको जोडी भएर देखिने बताइएको छ ।

यस फिल्ममा यी दुबै खेल्ने भएपछि जोडी नसुहाउने होकी भन्ने कुरा चल्दा अभिनेता सलमानले निर्देशक भन्सालीलाइ भनेर आलियालाई तौल बढाउन लगाएको बताइएको छ । अभिनेत्री आलिया सलमान सँग दुब्लि र सानी देखिने हुनाले अभिनेता सलमानले निर्देशक भन्सालीलाइ यस्तो सुझाब दिएको बताइएको छ । भारतिय मिडियाका अनुसार आफुले तौल घटाउन नसक्ने भएकाले लियालाई तौल बढाउन भनिदिन संजयलाई आग्रह गरेको बताइएको छ । अब भने अभिनेत्री आलियाले तौल बढाउन थालेकी छिन् ।