एजेन्सी – बलिउडमा सदाबहार चर्चामा आइरहने चर्चित अभिनेता हुन् सलमान खान । उनी बेला बेलामा बिभिन्न बिबादमा फसिरहेका हुन्छन् । यसैक्रममा सलमान खानका फ्यानहरुका लागी खुसीको खबर आएको छ । अभिनेता सलमान खानको एउटा बिबाद टरेको छ । उनले हिरण शिकार मामिलामा सफाई पाएका छन्। भारतिय मिडियाका अनुसार अभिनेता सलमानलाई सीजेएम जोधपुर जिल्ला कोर्टले सफाइ दिएको हो । केहि समय अघि अभिनेता सलमानमाथि कोर्टमा हिरण शिकार मामिलाको सुनाई दौरान हतियारको लाइसेन्स हराएको विषयमा एक शपथ पत्र पेश गरिएको थियो।

सरकारले धारा ३४० मा टेकेर दायर गरेको मुद्दालाई कोर्टले सुनुवाइपछि खारेज गरिदिएको हो। अभिनेता सलमानले १३ वर्षपछि राहत पाएका हुन् । फिल्म ‘हम साथ साथ है’ को सुटिङका क्रममा सलमानमाथि हिरण शिकारको ३ र हतियारको सम्बन्धमा १ मुद्धा दायर भएको थियो।सलमानमाथि २००६ मा राजकीय अभिवक्ताको तर्फबाट कोर्टमा धारा ३४० को प्रार्थना पत्र पेश गरेर कोर्टलाई अँध्यारोमा राखेको आरोप लगाइएको थियो । अहिले अभिनेता सलमानको फिल्म भारतले तहल्का मच्चएको छ । फिल्म भारतले अहिले सम्म दुइसय करोडको हाराहारीमा ब्यापार गर्न लागीसकेको छ ।