सँसारमा अनौठा अनौठा घटना घटिरहेका हुन्छन् । कुनै त पत्याउनै गाह्रो पनि हुन्छ । यस्तै युट्युबमा एक अनौठो भिडियो सार्वजनिक भएको छ जसमा एउटा कमिलाले हिरालाई बोकेर हिडिरहेको देखिएको छ ।अमेरिकाबाट प्रकाशित हुने पत्रिका न्युयोर्क पोस्ट’मा प्रकाशित एउटा समाचारमा लेखिएको छ , ‘कमिलाले बोकेको हिरा मालिकलाई फिर्ता दिए नदिएको बारे पत्ता लागेको छैन ।’’हेर्दा रोमाञ्चक लाग्ने उक्त भिडियो छोटै समयमा धेरैले हेरेका छन् ।

साथै, भिडियोमा थुप्रैले कमेन्ट पनि राखेका छन् । केहीले उक्त घटना हाँस्यास्पद भएको बताएका छन् । कोहिले लेखेका छन् ‘अब म कमिलालाई विश्वास गर्न सक्दिनँ ।’ अर्काले लेखेका छन् कसैले हिरा चोरेको हुनसक्छ र आरोप चाहिँ कमिलामाथि लगाइदिएको हुनसक्छ ।’अर्का व्यक्तिले लेखे ‘संसारको सबैभन्दा धनी कमिला । कुनैले हिरा चोर्ने कमिलालाई तालिम प्राप्त भनेका छन्