एजेन्सी – पाकिस्तानको एक अस्पतालभित्र दुई समूहबीच झडप हुदाँ पाँच जनाको ज्यान गएको छ । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबको एक अस्पतालमा दुई समूहबीच भएको विबाद हुदाँ एक अर्कालाई गोली चलाउदा चार जनाको घटना स्थलमै ज्यान गएको सञ्चार माध्यमले जनाएका छन् ।

पञ्जाब प्रान्तको नान्काना साहिब जिल्लामा रहेको उक्त अस्पतालमा दुई समूहबीच बिबाद चर्किएको थियो । उक्त बिबादको क्रममा गोली चलेपछी चार जनाको घटना स्थलमै र एकाको उपचारको क्रममा मृत्यु भएको हो । उक्त गोली हानाहानमा घाइतेहरुमा तीन जनाको अवस्था गम्भिर रहेको जनाइएको छ ।