हुम्ला – हुम्लाको खापुनाथमा यात्रुवाहक जिप कर्णाली नदीमा खसेर वेपत्ता भएको छ । ९ जना यात्रु सवार रहेको उक्त यात्रुवाहक जिप कर्णाली नदीमा खसेर वेपत्ता भएको हो । जिपमा कम्तिमा ९ जना यात्रु सवार रहेको बताइएको छ ।

नदीमा जिप खसेर बेपत्ता भएको खबर पछी नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ । खोज तथा उद्धारका लागि नेपाली सेनाको टोली खटिएको बताइएको छ । जिप कर्णाली नदीमा खसेको बारे थप बिबरण आउन बाकिँ रहेको छ ।