एजेन्सी – अभिनेता अमिताभ बच्चनले सन्चालन गर्ने टिभी शो ‘कौन बनेगा करोडपति’ अब फेरी प्रदर्शनमा आउने भएको छ।यस शो को एघारौ सिरिज सोनी टिभीबाट चाडै नै प्रदर्शनमा आउने भएको हो ।भारतिय मिडियाका अनुसार टिभी शो ‘कौन बनेगा करोडपति’ चाडै जै सुरु हुने बताइएको छ । यस शोको लागी दंगल फेम निर्देशक नितीश तिवारी तयारीमा जुटेका छन् । त्यस्तै निर्माण टिमलाई शुटिङको लागि नयाँ सेट खोज्नु पर्ने भएको छ ।

पुरानो सेटमा कपिल शर्माले आफ्नो शोको शुटिङ गरिरहेकोले अब भने यस सिजनको लागी नँया सेट खोज्नु पर्ने बताइएको छ । दुई वर्ष पहिले अमिताभ र कपिल फिल्मसिटीका छुट्टाछुट्टै सेटमा सुटिँग गर्थे तर कपिलको शो रोकिएपछी उनको शो अर्कै शोको लागी प्रयोग हुन थाल्यो । त्यसपछी कपिल एक वर्षपछि फर्किएर अमिताभको सेटमा सुटिङ गर्न थाले । त्यतिबेला भने अमिताभले कौन बनेगा करोडपति १० को सुटिङ पूरा गरेका थिए । अब भने कौन बनेगा करोडपतिका लागी नयाँ सेट बनाइने बताइएको छ ।