काठमाडौं । निर्देशक सन्तोष सेनले बनाउन लागेको चलचित्र ‘प्रेमगीत ३’ मा शिव श्रेष्ठ र सुनिल थापा फाइनल भएका छन् । जसको जानकारी निर्देशक सेनले मंगलबार गराएका हुन् ।नेपालकै पहिलो एक्सन नायक मानिने शिव श्रेष्ठलाई चलचित्रमा प्रदीप खड्का र मनिष राउतको बुवाको अर्थात् ‘राजा’ को भूमिकामा देख्न सकिने बताइएको छ ।

उनलाई फेरि एकपटक नेपाली दर्शकले ‘एंग्रीम्यान’ को रूपमा देख्न सक्ने सेनको भनाइ छ । शिव श्रेष्ठसँगै ‘चिनो’ र ‘ठुल्दाइ’ जस्ता सुपरहिट चलचित्रमा देखिएका सुनिल थापा पनि प्रेमगीत ३ मा सशक्त भूमिकामा देखा पर्नेछन् ।