काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । आज सुनको भाउ एक सय रुपैयाले घटेको हो । हिजो प्रतितोला ६३ हजार १ सय रुपैयामा कारोबार भएरहेको छापावाल सुनको मुल्य आज घटेर प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मुल्य पनि घटेको छ । आज तेजाबी प्रतितोला ६२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । त्यसैगरी आज चाँदीको मुल्यमा भने परिबर्तन आएको छैन । आज प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।