काठमाडौं । बौद्धस्थित समता अस्पतालमा झुन्डिएको अवस्थामा एक युवतीको शव फेला परेको छ । अस्पतालमा क्लिनरको रुपमा कार्यरत २७ वर्षीया विमला तामाङ अस्पतालमै झुन्डिएको अवस्थामा फेला परेकी हुन् । अस्पतालमै झुन्डिएको अवस्थामा विमलाको शब फेला परेपछी आक्रोशित आफन्तले समता अस्पतालमा तोडफोड गरेका छन् । अहिले मृतक तामाङका आफन्त र स्थानियले अस्पताल घेराउ गर्दै प्रदर्शन गरेका छन् ।

आफन्तले विमला तामाङलाई अस्पतालमै झुन्डाइएकै हो भनि आक्रोश ब्यक्त गरेका छन् । उनीहरुले झुन्डिएको स्थानमा आफुहरुलाई जान नदिएको भन्दै विमला तामाङलाई मारेकै हो भनि अस्पताल अगाडी प्रदर्शन गरेका छन् । उनीहरुले मिडियाहरुलाई पनि भित्र पस्न नदिएको भन्दै प्रहरीलाई समेत आरोप लगाएका छन् । आक्रोशमा यो हत्यामा प्रहरीको पनि शँलग्नता रहेको भन्दै उनीहरुले आक्रोश ब्यक्त गरेका छन् । अस्पताल अगाडी अहिले ठुलो सँख्यामा रहेका बिमलाका आफन्तले प्रदर्शन गरिरहेका छन् । हेर्नुहोस् स्थानियको यो आक्रोश जस्ताको त्यस्तै भिडियोमा