काठमाडौँ – वैदेशिक रोजगारमा गएकाहरूको ज्यान गुमाउनेको संख्या उच्च रहेको छ । मलेसिया, साउदी अरेबिया र कतारलगायत देशमा पछिल्ला ११ महिनामा श्रमको सिलसिलामा ५ सय २ जनाले ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डको तथ्यांक छ ।मलेसिया लगायतका यी खाडी मुलुक नेपालका लागि वैदेशिक रोजगारको मुख्य गन्तव्य मानिएको छ ।

वैदेशिक रोजगारका लागि बिदेसिने कुल संख्याको ८६.४२ प्रतिशत कामदार मलेसिया, कतार, साउदी अरेबिया र यूएईमा छन् ।तर यिनै मुलुकमा सबैभन्दा धेरै संख्यामा कामदारले ज्यान गुमाउने गरेको वैदेशिक रोजगार बोर्डका प्रवक्ता दीनबन्धु सुवेदी बताउँछन् ।

बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५–७६ को जेठ महिनासम्म वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर करार अवधिभित्र ज्यान गुमाउनेको संख्या ६ सय ६६ रहेको छ । यो समाचार कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ। गत साउनदेखि जेठ महिनासम्म सबैभन्दा धेरै मलेसियामा २ सय ६ जना कामदारले ज्यान गुमाएको बोर्डले जनाएको छ ।