नेपालमा आक्रोश, अबिस्वास, घमण्ड, लोभिपन अनि नकारात्मक भावनाले मात्र भरीएको ठुलो जमात पाइन्छ! स्वार्थी सन्सार जहाँ मानवता भन्ने सोच नै हराइ सक्यो। प्राय सबैलाई सजिलो अनि छोटो बाटो नै रोज्ने बानी भैसकेको छ! ब्यक्तिगत स्वार्थमा लुब्ध छन धेरै जसो! अकुत पैसा, जग्गा अनि सम्पती बटुल्ने होड्बाजी चलेको छ!! विशेषगरी ठुला ठुला ओहोदा ओगटेर बसेकाहरु को त कुरा नै नगरे हुन्छ…दम्ब बडेको छ अनि मै हु भन्ने घमण्ड ले ग्रसित छन!

यहि कारण हामी साधरण जनता जो कुनै पार्टिको हैन, जस्को कुनै ठुलाबडाको हाथ शिरमा हुदैन, जस्ले काम गरेर दैनिकी चलाउन पर्छ, जो कुनै समुहको सदस्य होइन………….. “हामिले नारकिय जीवन बिताउन बाध्य भएका छौ!! जता हेर्यो त्यतै उकुसमुकुस हुने खाल्को अवस्था मात्र देखिन्छ! कतै पनि सुरक्षित महसुस हुन्न!!”तनखा मासिक रु ५०००० पनि नभएको सरकारी जागिरेहरुको नेपालको ठुला ठुला शहरहरुमा करोडौंको सम्पती? कसरी? अकुत सम्पतिका मालिक यिनिहरुहरुलाइ कस्ले प्रस्न गर्ने?

करको मारमा परेका हामीलाई के त?यहिनै हो त हामी नेपालीको भाग्य? यसरी नै जिउनु पर्ने हो गणतान्त्रिक नेपालमा? यहि देख्नु र भोग्नुको लागि प्रजातन्त्रको पुनर्बहाली गराएका हौ?गहिरो सोचमा डुब्न थाली सकेका छौ हामी सम्पुर्ण नेपाली परिवार! सोच्ने समय यहि हो। ढिलो नगरौ है साथीहरु!!!जय चन्द्र सुर्य!!! विजय लामाकाे फेसबुकबाट