एजेन्सी – फिल्म बहुबलीबाट निकै चर्चामा आएका प्रभास पछिल्लो समय फिल्म साहोको तयारीमा जुटेका छन् । भर्खरै उनले फिल्म साहोको टिजर सार्वजनिक गरेका छन् ।यसैक्रममा १५ अगस्टमा प्रदर्शन गरिने भनिएको फिल्म साहोको टिजरमा एक्सनले भरिएको देख्न सकिन्छ।

सुजितले निर्देशक गरेको यस फिल्ममा साउथ स्टार प्रभास र नायिका श्रद्धा कपुर मुख्य भुमिकामा रहेका छन् । यस फिल्म गुलसन कुमार र भुषण कुमारको निर्माण गरेका हुन् । भारतमा निर्माण भएको फिल्ममध्ये हाल सम्मकै सबैभन्दा खतरनाक एक्सन भएको फिल्म ‘साहो’लाई लिइएको छ ।