काठमाडौँ – साउदीमा एक नेपालीलाई त्यहाको कानुन अनुसार मृत्युदण्डको फैसाला भएको छ । दयपुरको बसाहा–७ बैंकडाडाका विवेक दाहाललाई साउदी अरेबियाको पुनरावेदन अदालतले मृत्युदण्डको सजाय सुनाएको हो। आफ्नै नातेदारको हत्यामा दोषी ठहरिएका उनलाई पुनरावेदन अदालतले मृत्युदण्डको फैसला सुनाएको हो ।

दाहालले मोरङ, बबियाविर्ता–३ का राजेन्द्र विष्टलाई २००७ फेब्रुअरी २ मा सुतिरहेको अवस्थामा हत्या गरेको अभियोगमा विगत १२ बर्षदेखि जेलमा रहेका थिए । दाहालको जीवनरक्षाका लागि रिहादस्थित नेपाली दुताबासले निजी कानुनअनुसार पीडित पक्षलाई ‘ब्लडमनी’ रकम दिई माफी दिन अदालतसमक्ष अनुरोध गरेको थियो ।