एजेन्सी – बलिउडका चर्चित अभिनेता आमिर खानकी छोरी इरा खानले आफु प्रेममा रहेको स्विकार गरेकी छिन् । उनले आफू संगीतकार मिशाल कृपलानीसँग प्रेम सम्बन्धमा रहेको स्विकार गरेकी हुन् । उनले आफु संगीतकार मिशाल कृपलानीसँग प्रेममा रहेको कुरा सामाजिक सन्जाल मार्फत स्विकार गरेकी हुन् । उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा यसबारे पुष्टि गरेकी हुन् । यसअघि यी दुइ बिच प्रेम भएको बताइएपनि आधिकारिक जानकारी भने सार्वजनिक भएको थिएन ।

इन्स्टाग्राम स्टोरीमा एक प्रशंसकले इरालाई उनको सम्बन्धबारे प्रश्न गरेपछि जवाफमा मिशाललाई अंगालो हालिरहेको तस्बिर पोष्ट गर्दै उनले यस्तो जवाफ दिएकी हुन् ।
इराले इन्स्टाग्रममा मिशालसँगको तस्बिर सेयर गरिरहन्छिन् । यसअघि इराले भ्यालेन्टाइन डेमा मिशालको एउटा भिडियो पोष्ट गरेकी थिइन् जसमा मिशाल पियानोको अगाडि बसेर गीत गाइरहेको देख्न सकिन्छ ।