एजेन्सी – बलिउडमा सदाबहार चर्चामा आइरहने चर्चित अभिनेता हुन् अमिताभ बच्चन । अभिनयमा अब्बल अमिताभ बच्चन फिल्म क्षेत्रमा मात्र होइन समाज सेवामा पनि निकै अघि छन् । यसअघि पनि गरिब किसानलाई सहयोग गर्दै आएका मनकारी अमिताभ बच्चनले फेरी पनि एक पुण्यको काम गरेका छन् । उनले करिब २१ सय किसानको ऋण चुक्ता गरिदिएका छन् । विहारका जुन किसानमाथि ऋण थियो तीमध्ये २१ सय किसानको ऋण उनले तिरिदिएका हुन् ।

केहीलाई जनक बंगलामा बोलाएर श्वेता र अभिषेकको हातबाट यो हस्तान्तरण गरिएको छ । किसानको ऋण चुक्ता गरिदिएको अमिताभले आफ्नो ब्लगमार्फत् जानकारी दिएका हुन् । उनले लेखेका छन् ‘जुन वचन दिएको थिएँ, त्यो पूरा गरिएको छ ।यसअघि अमिताभ बच्चनले लेखेका थिए, ‘जसले ऋण चुक्ता गर्न सकिरहेका छैनन् उनीहरुका लागि उपहार हो यो । यसपटक बिहारका किसान हुनेछन् ।’ यस अघि पनि एक हजारबढी किसानको ऋण तिरिदिएका अमिताभले पुलवामा हमलामा जुन बहादुरले देशका लागि ज्यान गुमाए उनीहरुको परिवार र श्रीमतीलाई आर्थिक रुपमा सहयोग गर्ने बताएका छन् ।